उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

एजेन्सी, २६ असोज । दक्षिण कोरियासँगको सीमामा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला उत्तर कोरियाले सोमबार पूर्वी तटबाट जापानको सागरमा धेरै ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

सेनाको संयुक्त चिफ अफ स्टाफका अनुसार स्थानीय समयअनुसार बिहान ९ः२० बजे प्योङयाङ क्षेत्रबाट प्रक्षेपण गरिएका केही मिसाइलले ९०० किलोमिटरभन्दा बढी दूरी पार गरेका छन् ।

दक्षिण कोरिया र अमेरिकाले मिसाइलको विशेषता विश्लेषण गरिरहेका छन्। जापानले पनि कम्तीमा एउटा शङ्कास्पद ब्यालेस्टिक मिसाइल प्रक्षेपण भएको पुष्टि गरेको छ । दक्षिण कोरियाले सैन्य तयारीको समीक्षा गर्न आकस्मिक सुरक्षा बैठक बोलाएको छ ।

यसअघि असैन्यीकृत क्षेत्र (डिएमजेड) मा बारुदी सुरुङ विस्फोट हुँदा दक्षिण कोरियाका तीन सैनिक घाइते भएका थिए । दक्षिण कोरिया र संयुक्त राष्ट्रसङ्घको संयुक्त अनुसन्धानले उक्त क्षेत्रमा उत्तर कोरियाले गत वर्ष बारुदी सुरुङ बिछ्याएको निष्कर्ष निकाले पनि प्योङयाङले त्यसलाई अस्वीकार गरेको छ । उत्तर कोरियाली नेता किम जोङ–उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाले माफी माग्नुपर्ने मागलाई ‘घृणित’ भन्दै दक्षिण कोरियाबाट प्राप्त चिकित्सा उपकरण सहयोगको प्रस्तावसमेत अस्वीकार गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असोज । उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले एक हजार ४० किलो ४४० ग्राम गाँजा बरामद गरेको छ ।

काठमाडौँ, २६ असोज । बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घरगाउँ फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मनाउन राजधानीमा अध्ययन,

काठमाडौँ, २६ असोज । मादक पदार्थ सेवन गरी रात्रिबस चलाएको आरोपमा काठमाडौँ उपत्यकाबाट दुई चालक पक्राउ परेका छन् । काठमाडौँ उपत्यका

काठमाडौँ, २६ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ