काठमाडौँ, २५ असोज । हुम्लामा जडीबुटी सङ्कलन गर्न गएका एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार मृत्यु हुनेमा सिमिकोट गाउँपालिका–२, ठेहे निवासी अन्दाजी ३२ वर्षीय रूपसिंह बोहोरा रहेका छन् ।
उनी असोज २३ गते जडीबुटी सङ्कलन गर्न भनेर घरबाट निस्किएका थिए । आज ठेहे खोला नजिकको जङ्गलको भीरबाट लडेर उनको मृत्यु भएको हो । शव पोस्टमार्टमका लागि सिमकोटस्थित जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ ।






