भुटानविरुद्धको अभ्यास खेलका लागि  क्यानको अन्तिम टोली घोषणा

काठमाडौँ, १५ असोज । भुटानविरुद्धको टी–२० अभ्यास खेल खेल्ने क्यानको अन्तिम टोली घोषणा भएको छ ।

बुधबार नेपाल क्रिकेट संघ(क्यान) ले खेलको निम्ति विपिन खत्रीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । 

अभ्यास खेल बिहीबार र शुक्रबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुनेछ । हाल भुटानको टोली पोखरा भ्रमणमा छ । टोलीले गण्डकी प्रदेशसँग दुई अभ्यास खेलिसकेको छ ।

जसमा दुवै खेल भुटानले गुमाएको छ । भुटान टी–२० विश्वकपको उपक्षेत्रीय छनोटको तयारीका लागि भ्रमणमा आएको हो । 

क्यान ११ जनाको टिम:

  • विपिन खत्री,
  • अर्जुन कुमाल
  • सोहेल कुँवर
  • भान्स क्षेत्री
  • मयंक यादव
  • तृत राज दास
  •  प्रकाश जैसी
  •  दीपक डुम्रे
  •  त्रिविन श्रेष्ठ
  • रासिद खान
  • विपिन शर्मा
  •  युवराज खत्री
  •  दयानन्द मण्डल
  • आकाश चन्द

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र