नगरकोटमा चंङ्गा चेट कार्यक्रम हुदैं

नगरकोट, २५ असाेज । दशैं पर्वलाई लक्षित गर्दै पर्यटकीय क्षेत्र नगरकोटमा चंङ्गा चेट कार्यक्रम आयोजना हुने भएको छ । मण्डनदेउपुर नगरपालिका–२, नगरकोटमा रहेको माउण्टेन भिस्टा रिट्रिट होटलले उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो ।

यहिँ असोज २८ गतेदखि ३१ गतेसम्म चंङ्गा चेट फेस्टिवल–२०८३ आयोजना गर्न लागिएको होटलका अपरेशन मेनेन्जर सुरेन्द्र अधिकारीले जानकारी दिनु भएको छ । अधिकारीका अनुसार उक्त कार्यक्रममा सहभागी हुन प्रतिव्यक्तीले २ हजार ५ सय रुपैंया शुल्क होटललाई बुझाउने पर्नेछ ।

यस कार्यक्रममा सहभागीले माटोको भाडा बनाउन, सांगितिक कार्यक्रममा सहभागी हुन, मुहारमा चित्र बनाउन, चंङ्गा उडाउन पाउनेछन् । “साथै दशैंको विशेष खाना समेत सोही प्याकेजमा उपलब्ध हुनेछ” अपरेशन मेनेन्जर अधिकारीले भन्नु भयो । यस पटकको दशैंमा नगरकोट पुगेर रमाउन चाहानेहरुकालागि होटलले उक्त कार्यक्रम अवधिभर काठमाडौंको बानेश्वरदेखि नगरकोटसम्म यातायातको व्यवस्था गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । जिल्लाकाे सूर्यविनायक नगरपालिकामा अन्तर वडा स्तरीय फुटवल प्रतियोगिता शुरू भएकाे छ । प्रतियोगिताकाे पहिलाे खेल वडा

काठमाडौँ, २१ असोज । बेनिनविरुद्ध ३–० को सहज जित निकाल्दै अर्जेन्टिनाले आफ्ना कप्तान लियोन मेसीको सुखद बिदाइ गरेको छ । बुधबार

काठमाडौँ, १६ असोज । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमान, क्यानडा र नेपाल सम्मिलित त्रिकोणात्मक एकदिवसीय शृङ्खलाका लागि नेपालको टोली घोषणा

काठमाडौँ, १५ असोज । भुटानविरुद्धको टी–२० अभ्यास खेल खेल्ने क्यानको अन्तिम टोली घोषणा भएको छ । बुधबार नेपाल क्रिकेट संघ(क्यान)