सभापति लामिछानेद्वारा बाढी प्रभावितको उद्धारमा जुट्न कार्यकर्तालाई निर्देशन

काठमाडौँ, २५ असोज । रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टीका सदस्यहरुलाई बाढीबाट प्रभावितहरूको उद्धारमा जुट्न निर्देशन दिएको छ ।

सभापति लामिछानेले ब|बूढीगण्डकीमा आएको बाढीबाट प्रभावित भएकाहरूको उद्धारमा जुट्न पार्टी सदस्यहरूलाई निर्देशन दिएका हुन् ।

लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा प्रभावित नागिरकहरुको तत्काल उद्धारमा सरकार सक्रिय रूपमा लागेको बताउँदै पार्टीका सदस्यहरूलाई समेत राहत तथा आवश्यक सहयोग गर्न भनेका हुन् । 

“आज बिहान बूढीगण्डकी नदीमा आएको अकल्पनीय बाढीले गोरखाको चुम्नुब्री क्षेत्रमा व्यापक क्षति पुर्‍याएको र न्याक्चेत–फिलिम, धादिङ–गोरखा जोड्ने महत्त्वपूर्ण पुलसमेत बगाएको खबरले मलाई अत्यन्त मर्माहत बनाएको छ। सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासनको निर्देशनलाई पूर्ण रूपमा पालना गर्न म अपिल पनि गर्दछु,” उनको आग्रह छ । 

स्थानीय निकायसँगको समन्वयमा प्रभावित क्षेत्रमा खटिन उनले कार्यकर्तालाई निर्देशन दिएका हुन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । जिल्लाकाे सूर्यविनायक नगरपालिकामा अन्तर वडा स्तरीय फुटवल प्रतियोगिता शुरू भएकाे छ । प्रतियोगिताकाे पहिलाे खेल वडा

काठमाडौँ, २१ असोज । बेनिनविरुद्ध ३–० को सहज जित निकाल्दै अर्जेन्टिनाले आफ्ना कप्तान लियोन मेसीको सुखद बिदाइ गरेको छ । बुधबार

काठमाडौँ, १६ असोज । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमान, क्यानडा र नेपाल सम्मिलित त्रिकोणात्मक एकदिवसीय शृङ्खलाका लागि नेपालको टोली घोषणा

काठमाडौँ, १५ असोज । भुटानविरुद्धको टी–२० अभ्यास खेल खेल्ने क्यानको अन्तिम टोली घोषणा भएको छ । बुधबार नेपाल क्रिकेट संघ(क्यान)