काठमाडौँ, २५ असोज । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६७ हजार रुपैयाँको बजेट प्रदेशसभामा प्रस्तुत गरेको छ ।
आज प्रदेशसभाको बैठकमा आर्थिक मामिलामन्त्री चक्र मल्लले बजेट प्रस्तुत गरेका हुन् । सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको दोधारा चाँदनीमा रहेको झोलुङ्गे पुल मर्मतका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुल केही दिनअघि आएको बाढीका कारण क्षतिग्रस्त भएको थियो ।






