सांसद पद तर्साउन, धम्क्याउन पाउने लाइसेन्स होइन : महेश बर्तौला

काठमाडौँ, २३ असोज । नेकपा एमालेका नेता महेश बर्तौलाले सांसद पद राज्यका संस्थाहरूलाई तर्साउन, धम्क्याउन पाउने लाइसेन्स नभएको बताएका छन् ।

प्रहरी संगठनका प्रमुख वा कुनै पनि अधिकारीबाट कानूनविपरीत कुनै काम भएको छ भने निष्पक्ष छानबिन गर्न र दोष प्रमाणित भए तत्काल कानुनबमोजिम कारबाही गर्न आग्रह गर्दै उनले यस्तो बताएका हुन् ।

उनी भन्छन्, ‘तर सत्तापक्षका एक जना सांसदले राज्यको जिम्मेवार सुरक्षा संगठनका प्रमुख तथा पदाधिकारीमाथि एक पटक होइन, दुई पटक होइन, निरन्तर सार्वजनिक रूपमा लाञ्छना लगाउने, चरित्रहत्या गर्ने, तर्साउने, धम्क्याउने र अशिष्ट भाषा प्रयोग गर्ने जुन गतिविधि गरिरहनुभएको छ, यो सत्तारुढ सांसदको दादागिरी र सत्ताको रवाफको पराकाष्ठा हो ।’  ‘सांसद पद व्यक्तिगत आक्रोश पोख्ने, राज्यका संस्थालाई तर्साउने वा धम्क्याउने, राष्ट्रसेवक कर्मचारीहरूको मनोबल गिराउने अथवा दोषीको फैसला सुनाउँदै हिँड्ने न्यायाधीशको लाइसेन्स होइन ।’

लोकतन्त्रमा प्रश्न उठाउन पाइने, राज्यका संस्था र जिम्मेवार अधिकारीको आलोचना पनि गर्न पाइने उल्लेख गर्दै उनी भन्छन्, ‘तर आलोचनाको नाममा राज्यका संस्थालाई कमजोर बनाउने गरी निरन्तर अराजकता, धम्की र चरित्रहत्या गर्ने छुट कसैलाई पनि हुँदैन । त्यसैले यस विषयमा सरकार र सम्बन्धित राजनीतिक दलको गम्भीर ध्यान जाओस् ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र

काठमाडौँ, २३ असोज । नेकपा एमालेका नेता महेश बर्तौलाले सांसद पद राज्यका संस्थाहरूलाई तर्साउन, धम्क्याउन पाउने लाइसेन्स नभएको बताएका छन्

काठमाडौँ, २३ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध चयन भएका छन्

काठमाडौँ, २३ असोज । शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (११औँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ