दल त्याग गरेपछि ४ जनप्रतिनिधिको पद रिक्त

काठमाडौँ, २३ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित चार जना जनप्रतिनिधिले दल परित्याग गरेपछि उनीहरूको पद स्वतः रिक्त भएको छ। 

निर्वाचन आयोगले असोज २२ गते निर्णय गर्दै ती पदहरू रिक्त भएको जानकारी गराएको हो । वि.सं. २०७९ को स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले पार्टीको विधान प्रतिकूल कार्य गरी दल त्याग गरेको भन्दै केन्द्रीय सचिवालयले कारबाहीको निर्णयसहित आयोगमा जानकारी गराएको थियो ।

सोही आधारमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम उनीहरूको पद रिक्त गरिएको आयोगले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ मंसिर । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको तथा पूर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित न्यून चापीय क्षेत्रको

काठमाडौँ, ६ मंसिर । २०८३ साल मंसिर ६ गते आइतबारको राशिफल ।    मेष : दिन राम्रो छ । आज सुरुवात

काठमाडौँ, ५ मंसिर । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा बुवाले बन्चरो प्रहार गर्दा घाइते भएका चारजनामध्ये दुई बालबालिकाको मृत्यु भएको छ । प्रहरीका

सिरहा, ५ मंसिर । मिर्चैयाबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–३ डन्डा