बैंकिङ कसुरमा फरार प्रतिवादी पक्राउ

काठमाडौँ, २३ असोज । बैंकिङ कसुर मुद्दामा ४ करोड रुपैयाँ बिगो ठहर भई फरार रहेका एक प्रतिवादीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ३ (साविक झौखेल गाविस) का ६३ वर्षीय दिपक चन्द्र न्यौपाने रहेका छन् । राधा पाण्डेयको जाहेरीमा उक्त बैंकिङ कसुर मुद्दामा झापा जिल्ला अदालतले २०८१ वैशाख ७ गते फैसला सुनाउँदै न्यौपानेलाई ४ करोड रुपैयाँ बिगो, बिगो बमोजिमको जरिवाना र १ महिना १५ दिन कैद सजाय ठहर गरेको थियो ।

अदालतको फैसलापछि सजाय बेरुजु राखी फरार रहेका न्यौपाने काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा लुकिछिपी बस्दै आएका थिए। विशेष गोप्य सूचनाका आधारमा सीआईबीबाट खटिएको प्रहरी टोलीले उनलाई भक्तपुर नगरपालिका वडा नं. १ स्थित सृजनाटोलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका न्यौपानेलाई फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा पेश गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र

काठमाडौँ, २३ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध चयन भएका छन्

काठमाडौँ, २३ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित चार जना जनप्रतिनिधिले दल परित्याग गरेपछि उनीहरूको पद स्वतः रिक्त

काठमाडौँ, २३ असोज । शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (११औँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ