सशस्त्र प्रहरीद्वारा १५ लाख बराबरका सामान बरामद

काठमाडौँ, २३ असोज । सशस्त्र प्रहरी बल पर्साले १५ लाख २८ हजार बराबरको विभिन्न सामान बरामद गरेको छ। 

वीरगञ्ज महानगरपालिका-१६ भुटनदेवी मन्दिरस्थित सीमा इलाकामा सशस्त्र प्रहरी बल नेपाल १३ नं गण हेडक्वाटर पर्साबाट खटिएको टोलीले भारततर्फबाट अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा रु नौ लाख २२ हजार ५०० बराबरको औषधि नियन्त्रणमा लिई आज वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ । 

हेडक्वाटर पर्साबाट खटिएको अर्को टोलीले भारततर्फबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको तीन लाख दुई हजार ९६० बराबरको मोटरसाइकलसहित तरकारी वीरगञ्ज-१६ बाट नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाइएको हो । 

यस गण मातहत सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज-१६ इनर्वा सीमा इलाकाबाट भारततर्फबाट अवैध रूपमा भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा एक लाख ७७ हजार ८६० बराबरको कपडा तथा जुत्ता बरामद गरीएको हो । त्यस्तै पर्साकै जगरनाथपुर गाउँपालिका-२ लक्ष्मीपुरचोकमा सीमा सुरक्षा गुल्म भिखमपुरबाट खटिएको टोलीले भारततर्फबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएको एक लाख २५ हजार १०० बराबरको सामानसहित मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २३ असोज । अमेरिकाको कंग्रेसनल (संसदीय) रिसर्च सर्भिस (सीआरएस)ले इरानसँगको युद्धमा अमेरिकी सेनाका ८१ वटा सैन्य विमान क्षतिग्रस्त वा नष्ट

एजेन्सी, २३ असोज । युक्रेनको पूर्वी क्रामतोस्र्क सहरमा यात्रुवाहक दुई बसमा रुसी ग्लाइड बम आक्रमण हुँदा ३० जनाको मृत्यु भएको छ

एजेन्सी, २२ असोज । यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन्

एजेन्सी, २२ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार रहेको दाबी गरेका छन् ।  बुधबार पत्रकारहरूसँग