दल त्याग गरेपछि ४ जनप्रतिनिधिको पद रिक्त

काठमाडौँ, २३ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित चार जना जनप्रतिनिधिले दल परित्याग गरेपछि उनीहरूको पद स्वतः रिक्त भएको छ। 

निर्वाचन आयोगले असोज २२ गते निर्णय गर्दै ती पदहरू रिक्त भएको जानकारी गराएको हो । वि.सं. २०७९ को स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले पार्टीको विधान प्रतिकूल कार्य गरी दल त्याग गरेको भन्दै केन्द्रीय सचिवालयले कारबाहीको निर्णयसहित आयोगमा जानकारी गराएको थियो ।

सोही आधारमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम उनीहरूको पद रिक्त गरिएको आयोगले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र

काठमाडौँ, २३ असोज । नेकपा एमालेका नेता महेश बर्तौलाले सांसद पद राज्यका संस्थाहरूलाई तर्साउन, धम्क्याउन पाउने लाइसेन्स नभएको बताएका छन्

काठमाडौँ, २३ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध चयन भएका छन्

काठमाडौँ, २३ असोज । शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (११औँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ