मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौँ, २२ असाेज । सिरहाको गोलबजार नगरपालिका-२ गुरूधाममा मोटरसाइकलको ठकक्रबाट पैदलयात्रीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार, कसहाबाट मिर्चैयातर्फ जाँदै गरेको प्रदेश १-०५-००१ प १६३६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-३ बस्ने ७८ वर्षीय कमलबहादुर श्रेष्ठको आज बिहान मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको लाईफ लङ अस्पताल गोलबजार हुँदै सरकारी अस्पताल सुनसरीमा थप उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ‘ग्राहकलाई कार्यालयसम्म बोलाउनेभन्दा विद्युत प्राधिकरणको सेवा ग्राहकको हातमा

काठमाडौँ, २२ असोज । नेकपा (एमाले)ले पार्टीका स्थानीय तहका कमिटीहरुको अधिवेशन मिति तोकेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको

काठमाडौँ, २२ असाेज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विपद्‌मा प्रभावितको उद्धार र राहतपछि पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्न

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उमेदवार प्रदीप पौडेलले आफूलाई मत दिन प्रतिनिधिलाई आग्रह गरेका छन्