मुख्यमन्त्री थापाद्वारा पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राथमिकतामा राख्न निर्देशन

काठमाडौँ, २२ असाेज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विपद्‌मा प्रभावितको उद्धार र राहतपछि पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्न निर्देशन दिएका छन् । 

आज मुख्यमन्त्री कार्यालयमा बागमती प्रदेशको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयगत विकास समस्या समाधान समितिको बैठकमा बोल्दै मुख्यमन्त्री थापाले विपद्पछिको पुनर्निर्माणका लागि आवश्यक स्रोत व्यवस्थापन गर्न सरकारका तर्फबाट प्रतिबद्धता समेत जनाए । 

प्रदेशमा भएको विपद्का कारण ठुलो धनजनको क्षति हुनुका साथै धेरै नागरिक बेपत्ता भएको भन्दै उनले बेपत्ता व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति प्रक्रिया अघि बढाउन सङ्घीय सरकारबाट भएको निर्णय अनुसार अघि बढ्न निर्देशन दिएका हुन् । 

‘उद्धार, उपचार र खाद्यान्न वितरणको काम सम्पन्न भइसकेको छ । अब आन्तरिक मामिला मन्त्रालयको संयोजकत्वमा पुनर्स्थापना र पुनर्निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्छ’ मुख्यमन्त्री थापाको भनाइ छ । बजेटको सीमा रहेकाले विपद् प्रभावित क्षेत्रको पुनर्स्थापनाका लागि आवश्यक स्रोत व्यवस्थापन गर्न अन्य मन्त्रालयका गैरप्राथमिक कार्यक्रम तथा बजेट कटौती गरेर प्रभावित क्षेत्रमा परिचालन गर्न सकिने मुख्यमन्त्री थापाको भनाइ छ । 

‘बजेटको सीमा छ, त्यसैले गैरप्राथमिक कार्यक्रम वा बजेट कटौती गरेर भए पनि विपद् प्रभावित क्षेत्रको पुनर्स्थापनामा स्रोत परिचालन गर्नुपर्छ’ उनको भनाइ छ । मुख्यमन्त्री थापाले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने विषयलाई पनि प्राथमिकतामा राख्न निर्देशन दिएका छन् । ‘सहकारी सञ्चालक वा कसैको दबाब र प्रभावमा नपरी कानुनअनुसार निर्धक्क भएर काम गर्नुपर्छ। बचतकर्ताको रकम फिर्ता गराउने विषयमा सरकार गम्भीर छ’ मुख्यमन्त्री थापाले भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ कार्तिक । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले मुलुकका विभिन्न स्थानबाट ३१ जनालाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको

काठमाडौँ, २९ कार्तिक । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगर नेपाली-भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले ३ लाख १५ हजार रुपैयाँ बराबरको ओखर

काठमाडौँ, २९ कार्तिक । प्रहरीले चोरीको मोटरसाइकलसहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले सिन्धुपाल्चोकको

काठमाडौँ, २९ कार्तिक । लागू औषध ब्राउन सुगरसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापा र सुनसरी जिल्लाका विभिन्न