गोली प्रहार गरेर पक्राउ परेका आयन २७ वटा डाँकाचोरी मुद्दामा संलग्न

काठमाडौँ, २२ असाेज । काठमाडौँको जडीबुटीमा गोली प्रहार गरेर प्रहरीले नियन्त्रणमा लिएको लुटेरा समूहका नाइके आयन माझी २७ वटा डाँकाचोरी मुद्दामा संलग्न भएको भेटिएको छ ।

आज राति प्रहरीले काठमाडौँ–३२ स्थित जडीबुटी पुलमुनि गोली प्रहार गरेर २४ वर्षीय माझीलाई नियन्त्रणमा लिएको थियो । उनी सिन्धुलीको मरिण गाउँपालिका वडा नम्बर–५ का स्थानीय हुन् । चोरी र डकैतीको नेतृत्व गर्दै आएका आयन २७ वटा अपराधमा संलग्न रहेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

काठमाडौँ प्रहरीले आज पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी गराएको छ । नियन्त्रणमा लिन खोज्दा प्रहरी सहायक हवल्दार डम्बर बहादुर श्रेष्ठलाई खुकुरी प्रहार गर्न खोजेपछि आयनलाई गोली प्रहार गर्नुपरेको अनुसन्धानमा संलग्न अधिकृत बताउँछन् ।

माझीलाई नियन्त्रणमा लिन खोज्दा सुरुमा २ राउण्ड हवाई फायर र त्यसपछि घुँडामुनि गोली प्रहार गरिएको एसएसपी घिमिरेले बताए । उनले भने, ‘माझीको दायाँ खुट्टाको घुँडामुनि १ राउण्ड गोली लागेको छ ।’

आयनको समूहका अरु दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका घर भएर भक्तपुरको थिमी नगरपालिका–४ बस्ने राकेश थिङ र मनोज कुमार मोक्तान छन् ।

प्रहरीका अनुसार मोटरसाइकलमा चढेर उनीहरूले पैदल हिँडिरहेकाहरूको सुनको सिक्री लुटपाट गर्ने र विभिन्न ठाउँमा डाँकाचोरी गरेको भेटिएको छ । सो समूहले अहिलेसम्म १५ वाट मोटरसाइकल चोरेको भेटिएको थियो । सिक्री लुट्न हिँड्दा मनोज कुमार मोक्तानले मोटरसाइकल चलाउने र राकेश पछाडि बस्ने गरेका थिए । उनीहरूलाई आयनले कमाण्ड गर्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २२ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार रहेको दाबी गरेका छन् ।  बुधबार पत्रकारहरूसँग

एजेन्सी, २१ असोज । नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाली वायुसेनाको विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । वायुसेनाका अनुसार एटीआर–४२

एजेन्सी, २१ असोज । यमनमा जारी झडपका क्रममा पछिल्लो २४ घण्टामा सरकारी सेनाका जवान र इरानसमर्थित हुथी विद्रोही गरी २७०

काठमाडौँ, २१ असोज । नेपालको दार्चुलाबाट करिब १०० किलोमिटर पश्चिम भारतको उत्तराखण्ड केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । उक्त