१० वर्षअघि हराएका एक बालक दिल्लीमा फेला

काठमाडौँ, १९ असोज । १० वर्षअघि हराएका एक बालकलाई प्रहरीले फेला पारेको छ ।

सप्तरी अग्नीसाइर कृष्णासवरन गाउँपालिका–६ बस्ने ऋषिदेव सदाका छोरा १६ वर्षका शिवकुमार सदा आफ्नै घरबाट १० वर्षअघि हराएका थिए । 

खोजतलास गर्ने क्रममा उनी भारतको नयाँ दिल्लीमा रहेको भन्ने सूचनाका आधारमा किङ इन्डिया संस्थासँग समन्वय गरी सदालाई फेला पारिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।  सदालाई अग्नीसाइर कृष्णासवरन गाँउपालिका–६ का जनप्रतिनिधिको रोहवरमा अभिभावकलाई जिम्मा लगाइएको प्रहरीले बताएको । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीबाट प्रहरीले २ हजार ५ सय ६६ किलो ५ सय ६० ग्राम गाँजासहित ट्रक

काठमाडौँ, १९ असोज । बागलुङको निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा सडक स्तरोन्नतिको क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई मजदुरको मृत्यु भएको छ

काठमाडौँ, १९ असोज । १० वर्षअघि हराएका एक बालकलाई प्रहरीले फेला पारेको छ । सप्तरी अग्नीसाइर कृष्णासवरन गाउँपालिका–६ बस्ने ऋषिदेव सदाका

काठमाडौँ, १९ असोज । भक्तपुरको सूर्यविनायक नगरपालिका-८ कपाली टोलमा आगलागी भएको छ । प्रहरी वृत्त जगाती भक्तपुरका अनुसार नवराज भट्टले सञ्चालन