माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु

काठमाडौँ, १९ असोज । बागलुङको निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा सडक स्तरोन्नतिको क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई मजदुरको मृत्यु भएको छ भने एक जना मजदुर गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार आज बिहान करिब ७:२० बजे झिवाखोलाबाट बोहोरागाउँ जाने भित्री सडकखण्डमा लु १ क ३४४६ नम्बरको जेसीबीले सडक खन्ने क्रममा अचानक माथिबाट माटोको ढिस्को खसेर दुई मजदुरहरू पुरिएका हुन् ।

मृत्यु हुनेमा सल्यानका ३२ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर, गाईघाटका ३२ वर्षीय राजु थापामगर रहेका छन् । दुवै जना माटोको ढिस्कोमा पुरिएको अवस्थामा फेला परेका हुन ।

घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका–५ का २५ वर्षीय कृष्ण बहादुर घर्ती गम्भीर घाइते भएका छन् । घाईतेलाई तत्काल उद्धार गरी बुर्तिबाङ अस्पताल पठाइएको छ । घटनाको थप बिवरण आउन बाकिँ रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । बागलुङको निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा सडक स्तरोन्नतिको क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई मजदुरको मृत्यु भएको छ

काठमाडौँ, १९ असोज । १० वर्षअघि हराएका एक बालकलाई प्रहरीले फेला पारेको छ । सप्तरी अग्नीसाइर कृष्णासवरन गाउँपालिका–६ बस्ने ऋषिदेव सदाका

काठमाडौँ, १९ असोज । भक्तपुरको सूर्यविनायक नगरपालिका-८ कपाली टोलमा आगलागी भएको छ । प्रहरी वृत्त जगाती भक्तपुरका अनुसार नवराज भट्टले सञ्चालन

काठमाडौँ, १९ असोज । नेपाल राष्ट्र बैंकले ४० करोड थान एक रुपैयाँ दरका चलनचल्तीका सिक्का छापी आपूर्ति तथा वितरण गर्न अन्तर्राष्ट्रिय