काठमाडौँ, १९ असोज । बाजुरामा विद्युत्को पोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बुढीगंगा नगरपालिका–२ परिवनका करिब ४२ वर्षीय धनबहादुर केसीको करेन्ट लागेर मृत्यु भएको हो ।
केसीलाई सोही वडास्थित परिवन सामुदायिक वनभित्र गाडिएको केन्द्रीय विद्युत् लाइनको पोलमा करेन्ट लागेर घटनास्थलमै मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







