काठमाडौँ, १९ असोज । भक्तपुरको सूर्यविनायक नगरपालिका-८ कपाली टोलमा आगलागी भएको छ ।
प्रहरी वृत्त जगाती भक्तपुरका अनुसार नवराज भट्टले सञ्चालन गरेको कवाडी पसलमा आज बिहान आगलागी भएको हो ।
बिजुलीको तार सर्ट भएर कवाडी पसलमा आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने काम भएको छ ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







