काठमाडौँ, १६ असोज । जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार कटारी नगरपालिका-५ लालपुर बस्ने ३५ वर्षीय समीर मगरलाई १९ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा पक्राउ गरेको हो । समिरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो ।
त्यस्तै बाँकेमा २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका-३ बस्ने ३८ वर्षीय मानबहादुर कामीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
मानबहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।







