जबरजस्ती करणीको अभियोगमा २ जना पक्राउ

काठमाडौँ, १६ असोज । जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार कटारी नगरपालिका-५ लालपुर बस्ने ३५ वर्षीय समीर मगरलाई  १९ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा पक्राउ गरेको हो । समिरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो । 

त्यस्तै बाँकेमा २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका-३ बस्ने ३८ वर्षीय मानबहादुर कामीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । 

मानबहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १६ असोज । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग लामो दूरीका प्रहार रोक्ने गरी युद्धविराम गर्ने प्रस्ताव अस्वीकार गरेका छन् ।

काठमाडौँ, १५ असोज । अफगानिस्तानका दुई प्रान्तमा पाकिस्तानले रातभर गरेको हवाई आक्रमणमा नौ महिला तथा बालबालिकाको मृत्यु र ११ जना सर्वसाधारण

एजेन्सी, १५ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उच्च दक्ष विदेशी कामदारहरूका लागि दिइने नयाँ एच-वान बी भिसामा लगाएको १

एजेन्सी, १५  असोज । फ्रान्समा जीवनयापनको लागत बढ्दै जाँदा परिवारको क्रयशक्तिमा ऐतिहासिक दबाब परेको छ । सन् २०२४ यता दुई