सेयर बजार दोहोरो अंकले घट्यो

काठमाडौँ, १६ असोज । आज सेयर बजार दोहोरो अंकले घटेको छ ।

आज ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ ।

आज ०.४५ प्रतिशतले बजार घटेको हो । आज कारोबार रकम भने ४ अर्ब नाघेको छ । कुल ३ सय ५६ धितोपत्रको ४३ हजार ६ सय ८५ कारोबारबाट १ करोड १९ लाख १२ हजार ५ सय ५० कित्ता सेयर किनबेच भएको छ ।

यी किनबेचबाट ४ अर्ब २९ करोड ३७ लाख ७४ हजार १ सय ८१ रुपैयाँ बराबर कारोबार भएको छ । आज म्युचअल फन्ड र व्यापारबाहेक सबै उपसमूहको मूल्य घट्यो । जसले गर्दा समग्र सेयर बजार घटेको हो । आज सबैभन्दा धेरै (०.७३ प्रतिशत) उत्पादन तथा प्रशोधन उपसमूहका लगानीकर्ताले गुमाएका छन् ।

शुक्रबार एनएमबी डिबेन्चरको मूल्य सर्वाधिक १४.२९ प्रतिशत बढेको छ । एसबीएल डिबेन्चरको मूल्य ८.८० प्रतिशत बढ्यो । यसबाहेक मान्डु हाइड्रोपावर, लक्ष्मी उन्नति कोष, एनआईबीएल ग्रोथ फन्डजस्ता धितोपत्रको मूल्य धेरै बढेको छ ।

आज सिन्धु विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यसको मूल्य ८.५५ प्रतिशत घट्यो । धौलागिरि लघुवित्त वित्तीय संस्थाको मूल्य ४.९५ प्रतिशत घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले भेटवार्ता गरेका छन् । आज परराष्ट्र

काठमाडौँ, २९ असोज । रास्वपा सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन् । एक महिलासँग भएको फोन संवादका

काठमाडौँ, २९ असोज । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ४ स्थानीय तहमा भूमि बैंक स्थापना

काठमाडौँ, २९ असोज । धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र