विराटनगरमा एक पुरुष मृत अवस्थामा फेला

काठमाडौँ, १६ असोज । विराटनगर महानगरपालिका–१६ ब्रह्माटोलमा एक पुरुष कोठाभित्र मृत अवस्थामा फेला परेका छन् ।

स्थानीय ४० वर्षीय बब्लु श्रेष्ठ आफ्नै कोठाभित्र मृत फेला परेका हुन् । स्थानीयका अनुसार कोठाबाट दुर्गन्ध आउन थालेपछि इलाका प्रहरी कार्यालय विराटनगर रानीलाई खबर गरिएको थियो । घटनास्थलमा पुगेको प्रहरीले अनुसन्धानपछि श्रेष्ठको शव पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल पठाएको छ ।

मृतकका आफन्तका अनुसार श्रेष्ठको चार–पाँच दिनअघि नै मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । शव सडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

प्रारम्भिक रूपमा करेन्ट लागेर मृत्यु भएको हुनसक्ने अनुमान गरिए पनि मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्टपछि मात्र खुल्ने प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ कार्तिक । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गाजरीमा जुवातास खेलिरहेको अवस्थामा केशव समेत ८ जना पक्राउ परेका छन् । प्रहरीका

काठमाडौँ, ८ कार्तिक । सप्तकोशी नदीमा भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। एक जना घाइते

काठमाडौँ, ८ कार्तिक । दसैंको मुख्य अवधि १ देखि ८ कात्तिकसम्म ८ दिनमा काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा झन्डै

काठमाडौँ, ८ कार्तिक । सरकारले बाढीको पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न ६ ओटा प्रमुख नदी