विराटनगरमा एक पुरुष मृत अवस्थामा फेला

काठमाडौँ, १६ असोज । विराटनगर महानगरपालिका–१६ ब्रह्माटोलमा एक पुरुष कोठाभित्र मृत अवस्थामा फेला परेका छन् ।

स्थानीय ४० वर्षीय बब्लु श्रेष्ठ आफ्नै कोठाभित्र मृत फेला परेका हुन् । स्थानीयका अनुसार कोठाबाट दुर्गन्ध आउन थालेपछि इलाका प्रहरी कार्यालय विराटनगर रानीलाई खबर गरिएको थियो । घटनास्थलमा पुगेको प्रहरीले अनुसन्धानपछि श्रेष्ठको शव पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल पठाएको छ ।

मृतकका आफन्तका अनुसार श्रेष्ठको चार–पाँच दिनअघि नै मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । शव सडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

प्रारम्भिक रूपमा करेन्ट लागेर मृत्यु भएको हुनसक्ने अनुमान गरिए पनि मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्टपछि मात्र खुल्ने प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । विराटनगर महानगरपालिका–१६ ब्रह्माटोलमा एक पुरुष कोठाभित्र मृत अवस्थामा फेला परेका छन् । स्थानीय ४० वर्षीय बब्लु श्रेष्ठ

काठमाडौँ, १६ असोज । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी साइप्रस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका–३ बस्ने

काठमाडौँ, १६ असोज । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा बस र ट्रक एकआपसमा ठोक्किँदा बस चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, १६ असोज । कैलालीमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक