विपद् पुनर्निर्माण र पुनर्स्थापना सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री थापा

काठमाडौँ, १६ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सरकारको प्राथमिकता विपद् प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनर्स्थापना हुने भएको बताएका छन् ।

आज बागमती प्रदेश नीति तथा योजना आयोगका नवनियुक्त पदाधिकारीहरूको पद तथा गोपनीयताको शपथ ग्रहणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशका रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका जिल्लामा आएको महाविपत्तिका कारण ठुलो मात्रामा मानवीय क्षति हुनुका साथै भौतिक पूर्वाधारहरू ध्वस्त भएको बताए ।

मुख्यमन्त्री थापाले सरकारको काममा सहजता पुर्‍याउन आयोगमा पदाधिकारी पठाइएको बताए । सरकारले नियुक्त गरेको प्रदेश नीति तथा योजना आयोगका पदाधिकारीको पहिलो काम विपद् प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनर्स्थापना हुने उनको भनाइ छ ।

उनले भने, ‘विपद्को यस घडीमा तत्काल राहत, पुनर्निर्माण र पुनर्स्थापनाको ठोस योजना बनाउन नवनियुक्त आयोगको टोलीलाई प्रभावित क्षेत्रमै खटाइने छ ।’ ‘विपद्ले धेरै भौतिक संरचना र पूर्वाधारहरू नष्ट गरेको छ । आयोग गठन भइसकेपछि अब हाम्रो पहिलो काम नै प्रभावित क्षेत्रमा आयोगको टिमलाई खटाएर पुनर्निर्माण र पुनर्स्थापनालाई प्राथमिकताका साथ अघि बढाउनु हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । विराटनगर महानगरपालिका–१६ ब्रह्माटोलमा एक पुरुष कोठाभित्र मृत अवस्थामा फेला परेका छन् । स्थानीय ४० वर्षीय बब्लु श्रेष्ठ

काठमाडौँ, १६ असोज । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी साइप्रस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका–३ बस्ने

काठमाडौँ, १६ असोज । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा बस र ट्रक एकआपसमा ठोक्किँदा बस चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, १६ असोज । कैलालीमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक