प्रहरीद्वारा ६ लाख बढीको भन्सार छलीका सामान बरामद

काठमाडौँ, १० असोज । रुपन्देहीमा प्रहरीले भन्सार छली गरेर ल्याइएका ६ लाख बढी मूल्यका सामान बरामद गरेको छ ।

जिल्लाको सिद्धार्थनगर नगरपालिका–१ स्थित कोटिहमाई मन्दिर नजिकबाट प्रहरीले १२ बोरा चियापत्ती र ६६ पिस लेडिज सुट बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरी ती सामान बरामद गरेको हो । बरामद सामानको अनुमानित मूल्य ६ लाख १० हजार २ सय रुपैयाँ रहेको छ ।

प्रहरीले बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बेलहिया, रुपन्देहीमा पठाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट युवा तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा कमलामाई

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा

काठमाडौँ, १० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सबै सात गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ । जिल्ला सभापति मोहनविक्रम

हेटौँडा, १० असोज । भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्र्तगत मकवानपुर जिल्लामा शनिबारका लागि तय