काठमाडौँ, ३ भदौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै हिसाबले अत्यन्त संवेदनशील क्षेत्रमा रहेको बताएकी छन् ।
आज काठमाडौँमा आयोजित ‘हिमाल, जलवायु र विपद् अन्तरसंवाद’ कार्यक्रममा बोल्दै उनले बढ्दो व्यापार घाटा कम गर्न आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिएकी हुन्।
प्राकृतिक सुन्दरता र महत्त्वका हिसाबले नेपाल सम्पन्न भए पनि विपद्लगायत समस्याको दीर्घकालीन समाधान नखोज्दा पटकपटक सास्ती खेप्नुपरेको भण्डारीले बताइन् ।
उनले भनिन्, ‘हामी भौगोलिक रूपले मात्र होइन, राजनीतिक रूपले पनि संवेदनशील क्षेत्रमै छौँ,’ ‘विशाल जनसंख्या भएका र धेरै विकास गरेका देशहरूको बीचमा हामी रहेका छौँ।’ ‘जनताले सुन्दा यत्रो धेरै कारोबार हुँदोरहेछ भन्ने लाग्छ,’ ‘तर भित्र हेर्दै जाने हो भने १९ खर्ब जति त व्यापार घाटा नै भइदिन्छ।’ अर्थतन्त्रको अवस्थाप्रति असन्तुष्टि जनाउँदै उनले विगतमा आफूले गरेको एउटा टिप्पणीको स्मरण गरिन्। ‘नेपालको अर्थतन्त्र खुट्टाले टेकेर हिँड्नुपर्नेमा टाउकाले टेकेको छ,’ ।






