काठमाडौँ, ३ असोज । सिरहामा खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सिरहा नगरपालिका–१९ का ३५ वर्षीय सञ्जय यादवको खेतमा पानी पठाउने क्रममा मोटरबाट करेन्ट लागेर मृत्यु भएको हो ।
मोटर चलाउने क्रममा करेन्ट लागेका यादवको घटनास्थलमै मृत्यु भएको हो । मृतक यादवको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






