१३ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउँदै ईयू

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि कडाइ गर्ने तयारी गरेको छ ।

ईयू आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले बुधबार स्ट्रासबर्गमा ‘स्टेट अफ द युरोपियन युनियन’सम्बन्धी वार्षिक सम्बोधनका क्रममा १३ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल, अनलाइन गेम र च्याटबोट प्रयोगमा रोक लगाउने प्रस्ताव अघि सारेकी हुन् ।

२७ सदस्य राष्ट्र रहेको ईयूमा यो प्रस्ताव कार्यान्वयन भए बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा उमेरका आधारमा एकरूप नियम लागू गर्ने दिशामा महत्त्वपूर्ण कदम हुनेछ ।

प्रस्तावको सबैभन्दा महत्त्वपूर्ण पक्ष १३ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगबाट रोक्नु हो। ईयूको चासो केवल फेसबुक, इन्स्टाग्राम वा टिकटकजस्ता सामाजिक सञ्जालमा सीमित छैन। प्रस्तावमा अनलाइन गेम र च्याटबोट पनि समेटिएका छन्। यसको अर्थ बालबालिकाले मनोरञ्जन, कुराकानी वा एआईसँग संवाद गर्ने डिजिटल सेवामा समेत उमेरसम्बन्धी नियन्त्रण सामना गर्नुपर्ने हुन सक्छ।

१३ वर्ष पुगेपछि पनि बालबालिकाले पूर्ण स्वतन्त्र रूपमा सामाजिक सञ्जाल चलाउन पाउने छैनन्। प्रस्तावअनुसार १३ देखि १५ वर्ष उमेर समूहका लागि अभिभावकको निगरानीमा चल्ने ‘मिनी अकाउन्ट’ व्यवस्था गरिनेछ। यस्ता अकाउन्टमा सीमित सुविधा हुनेछन् र प्रयोगको समयसमेत नियन्त्रण गर्न सकिनेछ।

यसको उद्देश्य बालबालिकालाई डिजिटल दुनियाँबाट पूर्ण रूपमा अलग गर्नु नभई उनीहरूको उमेरअनुसार सुरक्षित वातावरणमा इन्टरनेट प्रयोग गर्न दिनु हो।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । भन्सार छली गरी भारतबाट नेपाल भित्र्याइएका १० थान इलेक्ट्रिक स्कुटर पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौँ, २ असोज । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ भर्ना खुलाएको छ । प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी कार्यालय

काठमाडौँ, २ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने