इरानमा उडान भर्नबित्तिकै विमानको टायर विस्फोट

एजेन्सी, ३१ भदौ । इरानको मशहद विमानस्थलबाट उडान भरेको केही समयमै  यात्रुवाहक विमान आपत्कालीन अवतरण गराउनु परेको छ । उडान भर्ने क्रममा विमानको एउटा टायर पड्किएको थियो ।

‘यूओएल’का अनुसार सफरान एयरलाइन्सको बोइङ ७३७ विमानको टायर पड्किएपछि इन्जिनमा समेत क्षति पुगेको थियो । त्यसपछि पाइलटले विमानलाई सुरक्षित रूपमा पुनः मशहद विमानस्थल फर्काएका थिए ।  

विमान मशहदबाट केर्मानशाह तर्फ उडेको थियो । विमानमा सवार सबै यात्रुलाई सुरक्षित रूपमा ओरालिएको र कोही पनि घाइते भएको खबर छैन ।

घटना स्थानीय समयअनुसार सेप्टेम्बर १५ को बेलुका ५ः३९ बजे भएको हो । इरानी समाचार एजेन्सी ‘आख्रिन खबर’ले घटनाको भिडियो सार्वजनिक गरेको छ । भिडियोमा अवतरणका क्रममा विमानको छतको भित्री भाग फुटेर यात्रुमाथि खसेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदाै । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दक्षिण कोरियाको भ्रमण रद्द गर्नुभएको छ । देशमा

काठमाडौँ, ३१ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आज सर्वदलीय बैठक आह्वान गरेका छन् । रास्वपा प्रवक्ता

काठमाडौँ, ३१ भदौ । आज विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार बुधबार अर्थ समिति, शिक्षा, स्वास्थ्य

काठमाडौँ, ३१ भदौ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ। सिंहदरबारमा अपराह्न १:०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा