संखुवासभामा १६६ मिलिमिटर वर्षा 

काठमाडौँ, ३० भदौ । पछिल्लो २४ घण्टाको अवधिमा संखुवासभाको ‘टाशी गाउँ स्नो’ स्टेशनमा १६६.४ मिलिमिटर वर्षा मापन भएको छ भने भक्तपुरको चाँगुनारायण स्टेशनमा १११ मिलिमिटर वर्षा मापन भएको छ । यो दुवैलाई धेरै भारी वर्षा भएको मानिन्छ ।

यस्तै, मकवानपुरमा ८४.४, उदयपुरमा ५९ र दैलेख-जाजरकोटको सीमा क्षेत्र कट्टी स्टेशनमा ५६ मिलिमिटर वर्षा मापन भएको छ । यो भारी वर्षा हो ।

२४ घण्टाको अवधिमा १०० देखि २०० मिलिमिटर वर्षा हुनुलाई धेरै भारी वर्षा भएको मानिन्छ भने २०० मिलिमिटरभन्दा पनि धेरै वर्षा मापन हुनुलाई अति भारी वर्षा भनिन्छ । यस्तै, ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुनुलाई भारी र १० देखि ५० मिलिमिटर वर्षा हुनुलाई मध्यम वर्षा मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । आज चार वटा विभिन्न संसदीय समितिको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन

पोखरा, ३० भदौ । भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएका नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि कास्कीका विभिन्न संघ संस्था, व्यावसायिक प्रतिष्ठान

काठमाडौँ, ३० भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३० भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Rate for