चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ, ३० भदौ । आज चार वटा विभिन्न संसदीय समितिको बैठक बस्दै छ ।

संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।

बिहान ८ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा भएको मानवीय एवं भौतिक क्षति, उद्धार, राहत, पुनर्स्थापना एवं पुनर्निर्माणका सम्बन्धमा शिक्षा तथा खेलकुद मन्त्रालयबाट भएका एवं भइरहेका कार्य, त्यस्ता कार्यसम्पादनका क्रममा देखा परेका समस्या तथा चुनौती र आगामी दिनमा यस सम्बन्धमा मन्त्रालयले अवलम्बन गर्ने रणनीतिका सम्बन्धमा छलफल हुने कार्यसूची छ ।

बिहान १० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा क्यासिनो क्षेत्रका व्यवसायीहरूसँग छलफल गर्ने कार्यसूची छ । यसैगरी बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ‘संक्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ को प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची छ । यसैगरी दिउँसो १ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । आज चार वटा विभिन्न संसदीय समितिको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन

पोखरा, ३० भदौ । भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएका नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि कास्कीका विभिन्न संघ संस्था, व्यावसायिक प्रतिष्ठान

काठमाडौँ, ३० भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३० भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Rate for