भोटेकोशीका बाढी पीडितका लागि कास्कीबाट १ करोड १८ लाख सहयोग

पोखरा, ३० भदौ । भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएका नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि कास्कीका विभिन्न संघ संस्था, व्यावसायिक प्रतिष्ठान र नागरिकहरूले आर्थिक सहयोग जुटाएका छन् । 

३७ वटा संस्था तथा व्यक्तिहरूबाट कुल १ करोड १८ लाख ९० हजार ८३१ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप-विपद् राहत कोषमा जम्मा गरिएको छ । होटल एसोसिएसन पोखरा मातहतका २३ वटा होटलहरूबाट संयुक्त रूपमा २९ लाख ३५ हजार ८३३ रुपैयाँ जम्मा गरिएको छ । यस्तै द माउन्टेन लेकसाइड ट्रस्टले १० लाख, बाराही रिसोर्टले ९ लाख ६४ हजार ११५ रुपैयाँ, मगर समाज कास्कीले ६ लाख ६८ हजार ४५० रुपैयाँ सहयोग गरेका छन् ।

नेलम्बो नेपालले ५ लाख ५५ हजार ५५५ रुपैयाँ, मानव मिलन संस्थाले ५ लाख १ हजार १११ रुपैयाँ र ग्रिन डेभलपमेन्ट बैंक पोखरा शाखाले ५ लाख रुपैयाँ सहयोग गरेका छन् । २-९ गोर्खा राइफल्स परिवार गण्डकीले २ लाख ५१ हजार, होटल पोखराले २ लाख, विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले २ लाख, इस्लामिक समाजले ३ लाख सहयोग गरेका छन् । पश्चिमाञ्चल अटोमोबाइल्सले १ लाख २५ हजार, रेवान पोखराले १ लाख २२ हजार, क्षेत्री समाज नेपालले १ लाख २२ हजार, ब्राह्मण समाजले १ लाख ५१ हजार, जोन्टा क्लब १ लाख ५० हजार, लामिछाने बन्धु समाज १ लाख २ हजार सहयोग गरेका छन् । अन्य विभिन्न आमा समूह, धार्मिक तथा जातीय समाज, सहकारी र शैक्षिक संस्थाहरूले १ लाखदेखि माथिका दरले सहयोग उपलब्ध गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । आज चार वटा विभिन्न संसदीय समितिको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन

पोखरा, ३० भदौ । भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएका नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि कास्कीका विभिन्न संघ संस्था, व्यावसायिक प्रतिष्ठान

काठमाडौँ, ३० भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३० भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Rate for