संखुवासभामा १६६ मिलिमिटर वर्षा 

काठमाडौँ, ३० भदौ । पछिल्लो २४ घण्टाको अवधिमा संखुवासभाको ‘टाशी गाउँ स्नो’ स्टेशनमा १६६.४ मिलिमिटर वर्षा मापन भएको छ भने भक्तपुरको चाँगुनारायण स्टेशनमा १११ मिलिमिटर वर्षा मापन भएको छ । यो दुवैलाई धेरै भारी वर्षा भएको मानिन्छ ।

यस्तै, मकवानपुरमा ८४.४, उदयपुरमा ५९ र दैलेख-जाजरकोटको सीमा क्षेत्र कट्टी स्टेशनमा ५६ मिलिमिटर वर्षा मापन भएको छ । यो भारी वर्षा हो ।

२४ घण्टाको अवधिमा १०० देखि २०० मिलिमिटर वर्षा हुनुलाई धेरै भारी वर्षा भएको मानिन्छ भने २०० मिलिमिटरभन्दा पनि धेरै वर्षा मापन हुनुलाई अति भारी वर्षा भनिन्छ । यस्तै, ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुनुलाई भारी र १० देखि ५० मिलिमिटर वर्षा हुनुलाई मध्यम वर्षा मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ कार्तिक । अनुकूलन कोष (एडाप्टेसन फन्ड)को ४७औँ बोर्ड बैठकले नेपालका तीन वटा जलवायु अनुकूलन परियोजनाका प्रस्ताव स्वीकृत गरेको

काठमाडौँ, ६ कार्तिक । माछापुच्छ्रे बैंक लिमिटेडका अवरुद्ध भएका वेबसाइट तथा वेबमा आधारित सेवाहरू पुनः नियमित सञ्चालनमा आएका छन् । 

काठमाडौँ, ६ कार्तिक । नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी)मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण आफ्नो वेबसाइटलगायत सेवाहरू अस्थायी

काठमाडौँ, ६ कार्तिक । जलवायुजन्य हानि-नोक्सानी सम्बोधनका लागि स्थापना गरिएको ‘हानि-नोक्सानी कोष’ ले नेपाललाई २ करोड अमेरिकी डलर (३ अर्ब २