बाढीपीडितका परिवारलाई रोजगारीको व्यवस्था गर्छौ : मुख्यमन्त्री थापा

भक्तपुर, २७ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवामा आएको बाढीपीडितका विस्थापित परिवारलाई रोजगारीको व्यवस्था गर्ने उद्घोष गर्नुभएको छ ।

शनिबार नेपाल प्रेस सोसाइटीले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मुख्यमन्त्री थापाले भोटेकोशीमा आएको बाढीका प्रभावितहरुलाई पुनस्र्थापनासँगै उद्योग वाणिज्य महासंघ तथा उद्योगीहरुसँगको सहकार्यमा रोजगारीको व्यवस्था गर्ने उद्घोष गर्नुभएको हो । प्रभावित क्षेत्रका बालबालिकालाई कक्षा १२ सम्म निशुल्क शिक्षा, आवासको जिम्मेवारी लिने प्रदेश सरकारले निर्णय गरी आवश्यक प्रकृयाहरु अगाडी बढाइसकेको उल्लेख गर्दै उहाँले पछी पुनर्स्थापना गर्दा भोटेकोशी र त्रिशूली नदीको दायाँ–बायाँ क्षेत्रमा पुनः बस्ती बसाल्न नहुने बताउनुभयो । भोटेकोशी र त्रिशूली नदी किनारका क्षेत्र अझै जोखिमपूर्ण रहेकाले पुनर्स्थापनाको काम दीर्घकालीन सोचका साथ अघि बढाउनुपर्ने बताउनुभयो ।

उहाँले भने, ‘रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी प्रभावित नागरिकलाई उद्योग वाणिज्य महासंघ तथा उद्योगीसँगको सहकार्यमा रोजगारीको व्यवस्था गर्न पहल शुरु गरिसकेका छौं, छलफल भइरहेको छ । प्रदेश सरकारले वालवालिकाको शिक्षा र आवाससँगै अब रोजगारीको व्यवस्थापन बारे हामी लागि परेका छौं । भोटेकोशी तथा त्रिसुलीका दायाँ–बायाँ अब बस्ती बसाल्नु उपयुक्त छैन । प्रभावित क्षेत्रका नागरिकका लागि उक्त क्षेत्र अझै जोखिमपूर्ण रहेकाले स्थानीय तहहरूले जग्गा उपलब्ध गराउने र प्रदेश सरकारले बस्ती निर्माण गर्ने सहमति भएको छ। हामीले नुवाकोटका लागि विदुर नगरपालिकामा जग्गा पाइसकेका छौँ भने रसुवाका लागि जग्गा हेरिरहेका छौँ ।’

मुख्यमन्त्री थापाले आफू मुख्यमन्त्री बनेपछि बाढी तथा विपद् प्रभावित नागरिकका लागि स्थायी आवास निर्माणलाई पहिलो प्राथमिकतामा राखेको पनि बताउनुभयो । उहाँले तत्कालीन राहतसँगै प्रभावित नागरिकलाई दीर्घकालीन रूपमा सुरक्षित स्थानमा पुनर्स्थापना गर्न प्रदेश सरकार केन्द्रित रहेको स्पष्ट पर्नुभयो । सोसाइटीका अध्यक्ष उपेन्द्र केसीले सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सुजिन भुजेल र स्वागत केशव लुइँटेलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ भदौ । जिल्ला प्रहरी कार्यालय दैलेखले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आठबीस नगरपालिका–६ का ३०

काठमाडौँ, २७ भदौ । बागलुङको बुर्तिबाङबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बिक्री गरिरहेको गोप्य सूचनाका आधारमा ढोरपाटन नगरपालिका–१

काठमाडौँ, २७ भदौ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले बागलुङको बडिगाड गाउँपालिका–५ दागस्थित थानापति सामुदायिक वनमा तीन थान भरुवा बन्दुक

काठमाडौँ, २७ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ