धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

धनुषा, २७ भदौ । नापी कार्यालय धनुषाले  नाप जाँच भएको करिब ५ वर्षपछि धनुषाको  सवैला नगरपालिका वडा  नं ८ (साविक ठिला गाउँ विकास समितिका) ३८५ परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको छ ।

लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ३८५ परिवार औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन् । नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो ।

विगतमा नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ३८५ थान जग्गाधनी पुर्जा वितरण गरिएको हो। यसअघि सोहि नगरपालिकाको वडा नं ४,५,६ र १० मा ३२२६ परिवारलाई लालपुर्जा वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ भदौ । जिल्ला प्रहरी कार्यालय दैलेखले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आठबीस नगरपालिका–६ का ३०

काठमाडौँ, २७ भदौ । बागलुङको बुर्तिबाङबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बिक्री गरिरहेको गोप्य सूचनाका आधारमा ढोरपाटन नगरपालिका–१

काठमाडौँ, २७ भदौ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले बागलुङको बडिगाड गाउँपालिका–५ दागस्थित थानापति सामुदायिक वनमा तीन थान भरुवा बन्दुक

काठमाडौँ, २७ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ