मन्त्री पुनद्वारा दुबईमा अलपत्र परेका एक नेपालीको उद्धार गर्न आग्रह

काठमाडौँ, २७ भदौ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले संयुक्त अरब इमिरेट्स (युएई) मा अलपत्र परेका एक नेपालीको उद्धारका लागि आग्रह गरेका छन् ।

आज आफ्नो फेसबुकमार्फत मन्त्री पुनले ती नेपालीको उद्धार गर्न सम्बन्धित पक्षसँग आग्रह गरेका हुन् । मन्त्री पुनले सुनिल लुंगेली मगर नाम गरेका नेपालीले आफूलाई दुबईबाट रुँदै फोन गरेको बताउँदै कसैले उनको उद्धार गरिदिन सक्नुहुन्छ ? भन्दै स्ट्याटस लेखेका छन् ।

कार्यस्थलमा रोजगारदाता कम्पनीले लुंगेली मगरको राहदानी खोसेर राखिदिएपछि उनी अलपत्र परेको मन्त्री पुनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । साउदी अरेबियास्थित साउदी अराम्कोको ‘सायवाह’ तेल क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लाग्दा एक नेपाली नागरिकको मृत्यु भएको

काठमाडौँ, ५ कार्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता पूर्वकेन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा लुम्बिनी प्रदेश सभाका पूर्वसदस्य

काठमाडौँ, ५ कार्तिक । सरकारले निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको तयारी गर्न आशयपत्र (Letter of Intent—LoI) दिने र आवश्यक कानुनी

बाँके, ५ कार्तिक । बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान सञ्चालन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका,