विपत्तिमा लड्नुको विकल्प छैन : प्रधानमन्त्री बालेन

काठमाडौँ, १७ भदौ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले विपत्तिसँग लड्नुको विकल्प नभएको बताएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्र्दै उनले देशको नेतृत्वले आँशु होइन हिम्मत, भरोसा दिनुपर्छ भन्ने यथार्थलाई मनन गरिएको बताए । उनले भने, “त्यसैले दृढ संकल्प र सहासका साथ यो विपत्तिमा लड्नुको विकल्प छैन र थिएन । हामी लडिरहेका छौँ,” । 

प्रधानमन्त्री बालेनले यो विपत्ति देशकै छातीमा वज्रपात भएको बताए । शाहले रसुवा बाढी सिंगो देशको छातीमा परेको बज्रपात भएको बताएका छन् ।

“आफ्नो मान्छे अझै फेला नपरेर बाटो हेरिरहनुभएको नागरिकको पीडामा मै गहिरो महसुस गरेको छु,” उनले भने, “यो पीडा रसुवा, नुवाकोट, धादिङको मात्रै होइन । सिंगो नेपालको छातिमा परेको बज्रपात हो ।” उनले शरीर थकित भयो भनेर विश्राम लिने छुट नभएको बताए । “मन भक्कानिँदा पनि एक आपसमा विलौना गर्ने समय छैन,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ भदौ । उद्योगमन्त्री गौरी यादवले होटल व्यवसायीहरूलाई ग्यास आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारसँग सहकार्य गर्न आग्रह गर्नुभएको

काठमाडौँ, १८ भदौ । सांसद भरत खड्का ब्लड प्रेसर हाई भएर संसद बैठककै क्रममा लडेका छन् ।  बिहीबार बसेको प्रतिनिधि

काठमाडौँ, १८ भदौ । रसुवा भोटेकोशीमा आएको भीषण बाढीले जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएपछि नेपालबाट बंगलादेश निर्यात हुँदै आएको विद्युत्

काठमाडौँ, १८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाढीपीडितहरूका लागि ५० लाख सहयोग गर्ने निर्णय गरेको छ । महामन्त्री विपिन