काठमाडौँ, १८ भदौ । रसुवा भोटेकोशीमा आएको भीषण बाढीले जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएपछि नेपालबाट बंगलादेश निर्यात हुँदै आएको विद्युत् रोकिएको छ ।
बाढीका कारण भारततर्फ निर्यात हुँदै आएको विद्युत् पनि कटौती भएको छ । भोटेकोशी बाढीले क्षति पुर्याएपछि ती आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश पठाउन नसकिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । नेपालले यी दुई आयोजनाबाट उत्पादित ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्दै आएको थियो । बाढीले प्रसारण तथा उत्पादन संरचनामा क्षति पुर्याएपछि अहिले उक्त विद्युत् निर्यात रोकिएको हो ।
नेपालले भारत र बंगलादेश दुवैतर्फ गरी करिब १ हजार २ सय मेगावाटसम्म विद्युत् निर्यात अनुमति पाएको थियो । तर, भोटेकोशीमा आएको बाढीले रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा क्षति पुर्याएपछि निर्यातयोग्य विद्युत् उपलब्धता घटेको छ । नेपालले यी दुई आयोजनाबाट उत्पादित ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्दै आएको थियो । बाढीले प्रसारण तथा उत्पादन संरचनामा क्षति पुर्याएपछि अहिले उक्त विद्युत् निर्यात रोकिएको हो ।
क्षतिको प्रत्यक्ष असर विद्युत् उत्पादनमा परेपछि भारततर्फ पठाउँदै आएको विद्युत् समेत कटौती गर्नुपरेको प्राधिकरणको भनाइ छ ।






