काठमाडौँ, १८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाढीपीडितहरूका लागि ५० लाख सहयोग गर्ने निर्णय गरेको छ ।
महामन्त्री विपिन आचार्यले भने, “विपद्मा पार्टीको सम्पूर्ण संरचनाको तर्फबाट पहिलो चरणमा ५० लाख सहयोग गर्ने छ । पार्टीका सबै संरचनाका साथीहरूलाई समन्वय गरेर एकीकृत रूपमा मात्र राहत र उद्धारमा संलग्न गराउने, पार्टीको संरचना सरकारसँगै जोडिएर काम गर्ने ।”
उनले राहत र उद्धारका काम राज्यको संरचनाबाटै एकद्वार प्रणालीमा गर्ने पनि निर्णय गरेको बताए । त्यसबाहेक रास्वपाले राहत, उद्धार र पुनर्स्थापनासहित सहयोग जुटाउन मियो बनेर काम गर्ने निर्णय गरेको छ ।





