मन्त्री खनाल र बङ्गलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

काठमाडाैँ, ११ भदाै । परराष्ट्रमन्त्री शिशिर खनाल र बङ्गलादेशका परराष्ट्रमन्त्री डा.खलिलुर रहमानबिच टेलिफोन वार्ता भएको छ ।

टेलिफोन वार्ताका क्रममा दुई परराष्ट्रमन्त्रीहरुले नेपालमा बुधबार आएको विपतपछि जारी खोज, उद्धार तथा राहत कार्यका विषयमा छलफल गरेका छन् ।

विदेशमन्त्री रहमानले नेपालको विपतकाे यस घडीमा बङ्गलादेश साथमा रहेको र हरेक प्रकारको सहयोग गर्ने तयार रहेको प्रतिबद्धता जनाएका छन् ।  

परराष्ट्रमन्त्री खनालले नेपाललाई आवश्यक सहयोग गर्न प्रस्ताव गरेको बङ्गलादेश सरकारलाई धन्यवाद व्यक्त गर्दै सहयोगका विषयमा नेपालले बङ्गलादेशसँग निकट समन्वय कायम राख्ने बताएका छन् ।

नेपालमा बुधबार भएको विपद्का कारण प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी रहेका बेला दुई देशका परराष्ट्र मन्त्रीबिच उक्त टेलिफोन वार्ता भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ भदौ । गायिका रचना रिमालले अहिलेलाई अस्ट्रेलियामा आयोजना हुने तीज कार्यक्रम स्थगित गरेकी छन् । नेपालमा आएको प्रकृति प्रकोपको

काठमाडौँ, ९ भदौ । निखिल उप्रेतीले निर्देशन गरेको एक्सनप्रधान फिल्म ‘आचार्य’को टिजर युट्युबमा सार्वजनिक भएको छ ।  टिजरले यो फिल्म

काठमाडौँ, ८ भदौ । फिल्म ‘गौंथली’ ले घरेलु बक्स अफिसमा २५ करोड रुपैयाँ ग्रसको आँकडा पार गरेको छ । आइतबार

काठमाडौँ, ६ भदौ । चर्चित हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकामा नयाँ हास्य सिरियल निर्माण गरेका छन्