बाढी पीडितलाई मुख्यमन्त्री थापाले भने :`तपाईंहरू एक्लै हुनुहुन्न, तपाईंको पीडा हाम्रो पीडा हो´

काठमाडाैँ, ११ भदाै । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवा, नुवाकाेट, धादिङ लगायतका क्षेत्रका बाढी पीडितहरूकाे साथमा प्रदेश सरकार रहेकाे बतााउनु भएकाे छ ।

उहाँले सामाजिक सञ्जालमा भन्नू भयाे, `तपाईंहरू एक्लै हुनुहुन्न। तपाईंको पीडा हाम्रो पीडा हो । तपाईंको आँसुमा सरकारको संवेदना छ र तपाईंको सुरक्षाका लागि राज्यका सबै संयन्त्र निरन्तर परिचालित छन् ।´

हामी आश्वासन दिन मात्र होइन, संकटको अन्तिम क्षणसम्म जनताको साथमा उभिन आएका उल्लेख गर्दै मुख्यमन्त्री थापाले उद्धारदेखि पुनःस्थापनासम्म, सरकार जनताकै साथमा रहेकाे उद्घाेष गर्नुभयाे ।

उहाले सम्भावित जोखिममा रहनुभएका सबैको सुरक्षित उद्धारका लागि निरन्तर प्रयास जारी रहेकाे जानकारी गराउनुभयाे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सुनसरी, ६ कार्तिक । सुनसरीमा दुई वटा मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । कोशी गाउँपालिका–१ लौकहीस्थित

काठमाडौँ, ६ कार्तिक । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आँपघारीस्थित रोशी खोलाको दहमा डुबेर आमाछोरीको मृत्यु भएको छ । ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–६

काठमाडौँ, ६ कार्तिक । काठमाडौँको मनोहरा नगरपालिकामा एक महिलाको शव मृत अवस्थामा भेटिएको छ । कागेश्वरी मनोहरा नगरपालिका–४ डेरा गरी बस्ने

तनहुँ, ६ कार्तिक । तनहुँमा १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको छ ।