काठमाडाैँ, ११ भदाै । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवा, नुवाकाेट, धादिङ लगायतका क्षेत्रका बाढी पीडितहरूकाे साथमा प्रदेश सरकार रहेकाे बतााउनु भएकाे छ ।
उहाँले सामाजिक सञ्जालमा भन्नू भयाे, `तपाईंहरू एक्लै हुनुहुन्न। तपाईंको पीडा हाम्रो पीडा हो । तपाईंको आँसुमा सरकारको संवेदना छ र तपाईंको सुरक्षाका लागि राज्यका सबै संयन्त्र निरन्तर परिचालित छन् ।´
हामी आश्वासन दिन मात्र होइन, संकटको अन्तिम क्षणसम्म जनताको साथमा उभिन आएका उल्लेख गर्दै मुख्यमन्त्री थापाले उद्धारदेखि पुनःस्थापनासम्म, सरकार जनताकै साथमा रहेकाे उद्घाेष गर्नुभयाे ।
उहाले सम्भावित जोखिममा रहनुभएका सबैको सुरक्षित उद्धारका लागि निरन्तर प्रयास जारी रहेकाे जानकारी गराउनुभयाे ।






