उद्धार तथा राहातका लागि जुट्न अध्यक्ष ओलीद्वारा कार्यकर्तालाई निर्देशन

काठमाडौँ, १० भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवामा आएको बाढीले गरेको ठूलो क्षति गरेकोप्रति दुःख व्यक्त गरेका छन् । अध्यक्ष ओलीले सामाजिक सञ्जाल मार्फत भोटेकोशी र त्रिसुलीमा आएको नदीमा बाढीको बहाव बढेकोले रसुवा,नुवाकोट,धादिङ र चितवनका नदी किनाराका बासिन्दालाई सुरक्षित स्थानमा बस्न पनि ओलीले अपिल गरेका छन् ।

अध्यक्ष ओलीले विपतको यस घडीमा पार्टीका नेता, कार्यकर्ता,जनसंगठन र स्वयंसेवकहरुलाई स्थानीय प्रशासनसँग समन्वय गरेर उद्धार कार्यमा जुट्न तयारी अवस्थामा रहन निर्देशन दिएका छन्  ।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ सतर्क र सुरक्षित रहौँ । बाढीका कारण रसुवाको भोटेकोशी र त्रिशूली नदीमा पानीको बहाव बढेको छ। रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी किनारका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न हार्दिक अपिल गर्दछु । पार्टी, जनसंगठन र स्वयंसेवकहरूलाई स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरी उद्धार कार्यमा सहयोगका लागि तयारी अवस्थामा रहन आग्रह गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । प्रतिनिधिसभामा आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ । दिउँसो १ बजेदेखि सुरु

काठमाडौँ, १० भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा अप्रत्याशित र आकस्मिक रूपमा आएको बाढीका कारण स्थिति गम्भीर र

काठमाडौँ, १० भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रसुवामा आएको बाढीका कारण उत्पन्न विपद्को घडीमा नागरिकको

काठमाडौँ, १० भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सद्भाव, एकता, मेलमिलाप र समावेशी लोकतन्त्रको प्रवद्र्धनमा सामुदायिक रेडियोले खेलेको भूमिका नेपालमा