राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न सभापति थापाको माग

काठमाडौँ, १० भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा अप्रत्याशित र आकस्मिक रूपमा आएको बाढीका कारण स्थिति गम्भीर र चिन्ताजनक बनेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा सभापति थापाले विपद्को यस घडीमा भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय एवं आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरे । उनले स्थिति गम्भीर रहेकाले सरकारलाई राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न र सबै तहका सरकारसँग समन्वय गरेर उद्धार एवं राहत कार्यमा केन्द्रित हुन अनुरोध गरे।

उनले भनेका छन्, ‘रसुवामा अप्रत्यासित र आकस्मिक रुपमा आएको ठुलो बाढीका कारण स्थिति गम्भीर र चिन्ताजनक बनेको छ। यस विपदको अवस्थामा भोटेकोशी, त्रिशुली नदीको तल्लो तटीय र आसपासको क्षेत्रमा उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गर्दछु। सरकारलाई राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न र सवै तहका सरकारसंग समन्वय गरेर उद्दार राहतमा केन्द्रित रहन अनुरोध गर्दछु। विपद् व्यवस्थापनका लागि सरकारको प्रयासमा नेपाली कांग्रेसको पूर्ण साथ र सहयोग रहनेछ।

नेपाली कांग्रेसका सम्पूर्ण समितिहरू, विशेषगरी रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन लगायतका जिल्लाका नेतृत्व एवं सवै सदस्य साथीहरूलाई तटीय क्षेत्रमा वसोवास गर्ने परिवारलाई सुरक्षित स्थानमा राख्न, उद्धार र राहत कार्यमा तुरुन्त जुट्न र सहयोग गर्न अपील गर्दछु।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । पाँचथरमा आजदेखि रातको समयमा सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरले सूचना प्रकाशन गर्दै

काठमाडौँ, ८ असोज । बजारमा अम्बाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज अम्बाको

काठमाडौँ, ८ असोज । आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार कतारको दोहा

काठमाडौँ, ८ असोज । ललितपुर बागमती गाउँपालिका-३ काल्चेमाल्टामा पहिरो गएपछि कान्ति लोकपथ पूर्णरूपमा बन्द भएको छ । काल्चे माल्टा दोबाटोमा पहिरो