उद्धार तथा राहातका लागि जुट्न अध्यक्ष ओलीद्वारा कार्यकर्तालाई निर्देशन

काठमाडौँ, १० भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवामा आएको बाढीले गरेको ठूलो क्षति गरेकोप्रति दुःख व्यक्त गरेका छन् । अध्यक्ष ओलीले सामाजिक सञ्जाल मार्फत भोटेकोशी र त्रिसुलीमा आएको नदीमा बाढीको बहाव बढेकोले रसुवा,नुवाकोट,धादिङ र चितवनका नदी किनाराका बासिन्दालाई सुरक्षित स्थानमा बस्न पनि ओलीले अपिल गरेका छन् ।

अध्यक्ष ओलीले विपतको यस घडीमा पार्टीका नेता, कार्यकर्ता,जनसंगठन र स्वयंसेवकहरुलाई स्थानीय प्रशासनसँग समन्वय गरेर उद्धार कार्यमा जुट्न तयारी अवस्थामा रहन निर्देशन दिएका छन्  ।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ सतर्क र सुरक्षित रहौँ । बाढीका कारण रसुवाको भोटेकोशी र त्रिशूली नदीमा पानीको बहाव बढेको छ। रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी किनारका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न हार्दिक अपिल गर्दछु । पार्टी, जनसंगठन र स्वयंसेवकहरूलाई स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरी उद्धार कार्यमा सहयोगका लागि तयारी अवस्थामा रहन आग्रह गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका गरी २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने तयारी भइरहेको

पोखरा, ९ कार्तिक । पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पोखरा २९ आदर्शचोकमा मोटरसाइकलले ठक्कर दिँदा ६१ वर्षीय

कपिलवस्तु, ९ कार्तिक । शिवराज नगरपालिका २, हल्लानगरबाट लागूऔषध ब्राउन सुगरसहित एकजना महिला पक्राउ परेकी छन् । आफ्नै घरमा लागूऔषधको

काठमाडौँ, ९ कार्तिक । सुदूरपश्चिम प्रदेशमा दशैँका बेला हुने सवारी दुर्घटना बढेको पाइएको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म