हामी नेतृत्व परिवर्तन गर्ने पक्षमा छैनौं : महासचिव पोखरेल

काठमाडौँ, ६ भदौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूहरू नेतृत्व परिवर्तनको पक्षमा नरहेकाे बताएका छन् ।

आज विराटनगरमा प्रेस चौतारी मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले आफूहरू अहिले पार्टीलाई पुरानै अवस्थामा फर्काउन पुनर्संरचना र पुनर्गठनको प्रक्रियामा रहेको भन्दै अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउने पक्षमा नरहेको बताए ।

एमालेको महाधिवेशन कहिले हुने भन्ने निर्णय गर्ने पूर्ण अधिकार पार्टीको केन्द्रीय कमिटीसँग मात्र रहेको धारणा पनि उनले राखे ।

उनले भने, ‘जनतासँगको सम्बन्ध पुन: जोड्न र कार्यकर्ताको मनोबल बढाउन पार्टीभित्र छलफल भइरहेको तथा यसका लागि कार्यदल गठन गरिएको छ,’ ‘लोकतन्त्र र संविधानको रक्षाका निम्ति संसद्भित्र तथा बाहिर रहेका संविधान निर्माता दलहरूसँग सहकार्यको प्रयास भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ आयोजनाले कृषि उत्पादन र रोजगारीका अवसर विस्तार गर्दै

काठमाडौँ, ७ भदौ । भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठुलो संख्यामा नायब सुब्बाहरूको सरुवा गरेको छ

काठमाडौँ, ७ भदौ । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले नेपालका वामपन्थी पार्टीहरू चाहिँ ठ्याक्कै २०१७–०२७ को हालतमा

भक्तपुर, ७ भदौ । नेपाल चाडपर्व, कला, संस्कृति, धर्म तथा परम्पराले समृद्ध देश हो । नेपाली मौलिक संस्कृति र परम्पराले स्वदेशी