तीजको कार्यक्रममा झुमे थाइल्याण्डका राजदूत

भक्तपुर, ७ भदौ । नेपाल चाडपर्व, कला, संस्कृति, धर्म तथा परम्पराले समृद्ध देश हो । नेपाली मौलिक संस्कृति र परम्पराले स्वदेशी तथा विदेशी पाहुनालाई आकर्षित गर्नुका साथै सांस्कृतिक ज्ञान र अनुभव आदानप्रदानको अवसर प्रदान गर्दै आएको छ । नेपाली धर्म, संस्कार र संस्कृति विश्वका नागरिकका लागि अध्ययन तथा अनुसन्धानको विषय बन्नुका साथै पूर्वीय दर्शनको महत्वपूर्ण आधारसमेत मानिन्छ ।

यसै क्रममा नेपाली महिलाको महान् पर्व हरितालिका तीजको अवसरमा रोयल थाई हस्पिटालिटीले शनिबार भक्तपुरको राधेराधेमा विशेष तीज कार्यक्रम आयोजना गरेको छ । हरितालिका तीज हिन्दू धर्मावलम्बी नेपाली महिलाले विशेष रूपमा मनाउने महत्वपूर्ण पर्व हो । यो पर्व भगवान् शिव र माता पार्वतीको आराधना तथा दाम्पत्य सुख, पारिवारिक समृद्धि र सुख–शान्तिको कामनासँग जोडिएको छ ।

तीजका अवसरमा व्रत बस्ने, भगवान् शिव र माता पार्वतीको पूजा गर्ने, रातो तथा हरियो पहिरन लगाउने, नाचगान गर्ने र दर खाने परम्परा छ । माता पार्वतीले भगवान् शिवलाई पति रूपमा प्राप्त गर्न गरेको कठोर तपस्याको स्मरण गर्दै यो पर्व मनाउने धार्मिक विश्वास छ । नेपालमा तीजको अघिल्लो दिन दर खाने तथा तीजका दिन पूजा र व्रत बस्ने चलन रहेको छ ।

रोयल थाई हस्पिटालिटीले आयोजना गरेको तीज विशेष कार्यक्रममा नेपालका लागि थाइल्याण्डका राजदूत डोन्नाविट पोल्सावट सहभागी हुनुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले नेपाली धर्म, संस्कृति तथा चाडपर्वको आफ्नै विशिष्ट पहिचान रहेको बताउँदै यही मौलिकता नेपालको महत्वपूर्ण पहिचान भएको उल्लेख गर्नुभयो ।

तीज विशेष गीत तथा सांस्कृतिक प्रस्तुतिमा मनोरञ्जन लिनुभएका राजदूत पोल्सावटले नेपाल र थाइल्याण्डबीच धार्मिक तथा सांस्कृतिक सम्बन्ध रहेको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली तथा थाइल्याण्डमा उत्पादित विभिन्न परिकार प्रस्तुत गरिएको थियो । नेपाली मौलिक परिकारलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन तथा नेपाली खानाको प्रवर्द्धन गर्न कार्यक्रमले योगदान पुर्‍याएको आयोजकको भनाइ छ । कार्यक्रममा दुवै देशका अग्र्यानिक खानाका परिकारसँगै नेपाली लोकसंस्कृति झल्काउने गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा सहभागी महिलाले तीजका गीत तथा नृत्यमा रमाइलो गरेका थिए भने राजदूत पोल्सावटसमेत नेपाली गीत तथा नृत्यमा झुम्नुभएको थियो । रोयल थाई हस्पिटालिटीले हरेक वर्ष तीज विशेष कार्यक्रम आयोजना गर्दै आएको छ । यस्ता कार्यक्रमले नेपाली मौलिक संस्कृति तथा परम्पराको संरक्षणसँगै नेपाली उत्पादन र खानाका परिकारलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा