बालेन शाह नेतृत्वको सरकार ५ वर्ष नटिक्ने ओलीको दाबी

काठमाडौँ, ६ भदौ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले बालेन शाह नेतृत्वको सरकार ५ वर्ष नटिक्ने दाबी गरेका छन् ।

नगरकोटमा भएको जनसङ्गठन समन्वय संयन्त्र कार्यशालालाई सम्बोधन गर्दै अराजकताबाट आएकाहरूलाई देश जिम्मा लगाउन नसकिने बताए ।

उनले भने, ‘लोकतन्त्र अपहरित भएको छ, संविधान मिचिएको छ । अपहरित लोकतन्त्रलाई फेरि फिर्ता ल्याउनुछ । हरेकको मनमा त्रास छ । एउटा स्टाटस लेख्नुस् त कति गाली आउँछ, त्रास छ । सही स्टाटस लेख्नुस्, सही कुरा बोल्नै हुँदैन । हुल्याहाहरूको आक्रमण सुरु भइहाल्छ।’ ‘यो कुन शक्तिको आडभरोसामा चलेको छ मतलब छैन ।  यी तत्त्वहरूसँग हामी डराउँदैनौँ। डराउनुहुन्न । यो सरकार तपाईँहरूलाई भन्दिएँ, पाँच वर्ष कुनै हालतमा जाँदैन ।  हाटहुट, लाटलुट, जनतालाई तर्साएर, थर्काएर, बोल्न नसक्ने बनाएर, जेसुकै गरेर, बाकस साटेर ल्याएर, बहुमत ल्याएको देखाइयो। बहुमत आयो भन्दैमा पाँच वर्ष लुटमार गर्न दिएको हो र ?’

उनले रास्वपालाई भोट हालेर बहुमत दिएकोप्रति जनतालाई पश्चात्ताप भइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ आयोजनाले कृषि उत्पादन र रोजगारीका अवसर विस्तार गर्दै

काठमाडौँ, ७ भदौ । भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठुलो संख्यामा नायब सुब्बाहरूको सरुवा गरेको छ

काठमाडौँ, ७ भदौ । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले नेपालका वामपन्थी पार्टीहरू चाहिँ ठ्याक्कै २०१७–०२७ को हालतमा

भक्तपुर, ७ भदौ । नेपाल चाडपर्व, कला, संस्कृति, धर्म तथा परम्पराले समृद्ध देश हो । नेपाली मौलिक संस्कृति र परम्पराले स्वदेशी