निरन्तर काम गरेकाहरू स्थानीय तह उम्मेदवारको प्राथमिकतामा पर्छन् : सभापति लामिछाने

काठमाडौँ, २ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी स्थापनाकालदेखि निरन्तर खटिरहेका व्यक्तिले स्थानीय तहको चुनावमा उम्मेदवार हुने सम्भावना बढी हुने स्पष्ट पारेका छन् ।

‘गाउँपालिका क्यान्डिडेट क्लब’ आवदेन सुरु गर्ने क्रममा सभापति लामिछानेले पार्टी गठनको बेलादेखि अनवरत खटेका उम्मेदवार हुने सम्भावना बढी रहेको बताए । रास्वपामा लागेर काम गरिरहेकाहरुले नयाँ व्यक्ति आउँछ र टिकट पाउँछ भनेर निराशा हुनुपर्ने अवस्था नरहेको उनले बताए । क्षमतावान नयाँ व्यक्ति उम्मेदवार हुने अवस्थामा भने पार्टीमा कार्य गरिहेकाहरुले पनि बाटो खालि गरिदिनुपर्ने उनले बताए । नयाँ अनुहारमा अब्बल व्यक्ति आएर उम्मेदवार बनाउनका लागि रास्वपाले ल्याट्ररल इन्ट्री खुला राख्ने सभापति लामिछानेले बताए ।

सभापति लामिछानेले भने, ‘रास्वपामा जो काम गरिरहनु भएको छ । जो पार्टीमा खटिरहनु भएको छ । सुरुवातदेखि आजसम्म खटिरहनु भएको छ । उहाँहरुको सम्भावना बढी छ । प्रतिस्पर्धामा अरुलाई भन्दा उहाँहरुलाई सजिलो अवश्यपनि छ । हिजो घन्टी बोक्दै गर्दा मुद्दा खेपेको, पिटाई खाएको, गाली खाएको, बेइज्जजती सहेको हामीले विर्सेका छैनौं । अरुलाई भन्दा रास्वपामा काम गरिहेकालाई सजिलो जरुर हुनेछ । अब्बल आउला कि भनेर पार्टीमा आउनका लागि कैयौं साथीहरुलाई रोकिएको पनि सत्य हो । क्यान्डिडेट क्लबले त्यो कार्यलाई रोकिदिन्छ ।’

रास्वपाबाट गाउँपालिकाको जनप्रतिनिधि हुनका लागि इच्छुकले आवदेन पेश गर्न खुला आव्हान गरिएको छ । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यका लागि पहिलो चरणमा आवेदन खुला गरिएको छ । गाउँपालिका उम्मेदवार आह्वानबाट रास्वपाबाट ४६० गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षका उम्मेदवार तय हुनेछन् । साथै, ३ हजार ६८५ वडाध्यक्ष र १४ हजार ७४० वडा सदस्य हुन इच्छुकका लागि निवेदन पेश गर्न आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ भदौ । नेकपा (एमाले)ले प्रदेश सभा सदस्य किरण थापालाई बागमती प्रदेश सरकारको मुख्यमन्त्री बनाउने निर्णय गरेको छ। आज बसेको

काठमाडौँ, २ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद ज्वाला सङ्ग्रौलाको अभिव्यक्तिलाई लिएर प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा हङ्गामा भएको छ

काठमाडौँ, २ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा

काठमाडौँ, २ भदौ । रास्वपा सांसद मोहनलाल आचार्यले वैकल्पिक व्यवस्थाका निम्ति विद्युत्‌को पाँच प्रतिशत भ्याटमा पुनर्विचार गर्न आग्रह गरेका छन् ।