घट्यो नेप्से

काठमाडौँ, २ भदौ । साताको कारोबार हुने एक दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। आज नेप्से परिसूचक १९.३४ अंकले घटेर २६२२.४८ विन्दुमा ओर्लिएको छ।

दिनभरिको कारोबारमा नेप्सेले उच्च विन्दु २६५० को हाराहारीमा पुग्ने प्रयास गरे पनि बजार बन्द हुँदा २६२२ को विन्दुमा समेटिएको छ । आज बजारमा कुल ३४७ कम्पनीका १ करोड ५१ लाख कित्ता सेयर ५५ हजार २४६ पटक खरिद बिक्री भएका छन् । यसबाट कुल ५ अर्ब ७ करोड ३५ लाख १८ हजार ६६२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा गिरावट आउँदा अधिकांश लगानीकर्ताले गुमाएका छन् । कुल २१८ कम्पनीको सेयर मूल्य घट्दा जम्मा ५६ कम्पनीको मूल्य बढेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ । समूहगत आधारमा आज ट्रेडिङ बाहेक सबै समूहका परिसूचकमा मात्रै सुधार देखिएको छ । उत्पादनमूलक समूह १.४० प्रतिशतले घट्दा बाँकी समूहमा एक प्रतिशत भन्दा कमको उतारचढाव आएको छ ।  

बजार ओरालो लागे पनि केही कम्पनीको सेयर मूल्यमा भने उछाल देखिएको छ। सर्वोत्तम पेन्टसको सेयर मूल्य १४.९९ प्रतिशत र माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको मूल्य १४.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट नजिक पुगेका छन्।  सगरमाथा जलविद्युत कम्पनीको सेयर आज सर्वाधिक १०.६३ प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा आज कृषि विकास बैंकको ऋणपत्र शीर्ष स्थानमा रह्यो, जसको ५० करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यसैगरी सोलु हाइड्रोपावरको ३९ करोड १४ लाख र खानीखोला हाइड्रोपावरको २५ करोड २६ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ भदौ । बैंकको कर्मचारी भन्दै ग्राहकको नो योर कस्टमर (केवाईसी) अद्यावधिक गर्ने बहानामा ठगी गर्ने गिरोहका चार जनालाई प्रहरीले

काठमाडौँ, २ भदौ । उपत्यकाका विभिन्न स्थानमा पैदलयात्री महिला तथा जेष्ठ नागरिकलाई निशाना बनाएर सुनको सिक्री लुटपाट गर्ने कार्यमा संलग्न

काठमाडौँ, २ भदौ । काठमाडौँ महानगरपालिका–१४ स्थित कलङ्कीबाट प्रहरीले खैरो हेरोइन सहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ

काठमाडौँ, २ भदौ । ललितपुरको चापागाउँ दोबाटोबाट जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । सातदोबाटो बस्ने ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२