बनस्थलीमा १७ लाख रुपैयाँ बराबरको चोरी

काठमाडौँ, १५ साउन । काठमाडौँ महानगरपालिका–१६ बनस्थली पावर हाउस नजिक एक डेराबाट लाखौँ मूल्य बराबरको धनमाल चोरी भएको छ। 

सिन्धुपाल्चोक घर भई सो स्थानमा डेरा गरी बस्ने ३८ वर्षीया आशा भण्डारीको कोठाबाट बिहीबार दिउँसो चोरी भएको हो।

भण्डारीको कोठाबाट सुनका विभिन्न गरगहना र नगदसमेत गरी करिब १७ लाख २९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ। चोरीमा संलग्न भई हाल फरार रहेका व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर

काठमाडौँ, १३ असोज । प्रहरीले जबर्जस्तीकरणीको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ । प्रहरीले सुर्खेतको लेकबेँसी नगरपालिका-१० साटाखानीका ३६ वर्षीय तेजबहादुर

काठमाडौँ, १३ असोज । हनी ट्रयापमा पारेर आपराधिक लाभ उठाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। 

काठमाडौँ, १३ असोज । धनुषामा टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ । धनुषा प्रहरीका अनुसार मृत्यु हुनेमा महोत्तरीको लोहारपट्टी