प्रतिनिधिसभाको बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ, १४ असोज । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सिंहदरबारमा बस्दै छ ।

संसद् सचिवालयका अनुसार बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले तीन वटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्नेछिन् । जसमा ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ रहेका छन् ।

यस्तै, बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

यसैगरी, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, १४ असोज । पूर्वसहायकमन्त्री प्रकाशबहादुर गुरुङको निधन भएको छ । कास्कीको घान्द्रुक स्थायी घर भई हाल पोखरा–११ निवासी नेपाली

म्याग्दी, १४ असोज । बाढी पहिरोबाट प्रभावित म्याग्दीलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गरिएको छ । जिल्ला विपद् व्यवस्थापन

काठमाडौँ, १४ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक एवम् सांस्कृतिक महत्वको इन्द्रजात्रा पर्व समापन समारोहका अवसरमा वसन्तपुरस्थित कुमारी घर पुगेर

काठमाडौँ, १४ असोज । संघीय संसद्अन्तर्गत चार संसदीय समितिको बैठक बस्दै छ ।  आज अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार